News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले काभा यू-१९ महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।
- नेपालले माल्दिभ्समाथि २५-११, २५-३ र २५-५ को एकपक्षीय जित निकालेको छ।
- नेपालले उपाधिका लागि कीर्गिस्तानसँग खेल्नेछ।
२२ कात्तिक, काठमाडौं । नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोफगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले माल्दिभ्समाथि २५-११, २५-३ र २५-५ को एकपक्षीय जित निकालेको हो ।
नेपालले अब उपाधिका लागि कीर्गिस्तानसँग खेल्नेछ । कीर्गिस्तानले आजै भएको अर्को सेमिफाइनलमा श्रीलंकालाई ३-० कै सेटमा हराएर फाइनलमा पुगेको हो । समूह चरणमा श्रीलंकासँग हारेको बदला लिँदै कीर्गिस्तानले
नेपाल यसअघि लिग चरणमा कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो ।
फाइनल खेल आइतबार हुँदैछ ।
प्रतिक्रिया 4