+
+
Shares

कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ७:००
एआईबाट बनाइएको सांकेतिक फोटो

२३ कात्तिक, धनगढी । कैलालीमा तरकारी बोकेको जिपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटातुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनकाअनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुर बस्ने ५४ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा छन् ।

उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । कृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिप चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?