+
+
Shares

जेन–जी फ्रन्टको केन्द्रीय र प्रदेश संरचना विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल जेन–जी फ्रन्टले २३ र २४ भदौको जेन–जी विद्रोहलाई संस्थागत गर्न केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ।
  • फ्रन्टले सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अभियान सञ्चालन गरिरहेको जनाएको छ।
  • केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले सातै प्रदेशका सम्पर्क व्यक्ति र केन्द्रीय विभागीय सदस्य तोकेको छ।

२३ कात्तिक, काठमाडौं। नेपाल जेन–जी फ्रन्टले २३ र २४ भदौको जेन–जी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यले केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ।

फ्रन्टले सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तथा भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताको विरुद्धमा अभियान सञ्चालन गरिरहेको पनि जनाएको छ।

फ्रन्टका अनुसार, हालै बसेको केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले केन्द्रीय विभागीय सदस्य तथा सातै प्रदेशका सम्पर्क व्यक्तिहरू तोकेको छ। यसमार्फत देशभरका जेन–जी, युवा र विद्यार्थीहरूलाई सहजीकरण र समन्वयमा ल्याइने बताइएको छ।

फ्रन्टका केन्द्रीय विभागीय सदस्यमा जनसम्पर्क समितिका रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिका संविधान प्रसाई छन्।

त्यस्तै, प्रदेशस्तरीय सम्पर्क व्यक्ति क्रमश: प्रदेश नं. १ मा रोहन दंगाल, मधेश प्रदेशमा मो. नजरे आलम, बागमती प्रदेशमा सचिन चापागाईं, गण्डकी प्रदेशमा साबिज मिया, लुम्बिनी प्रदेशमा सौरभ न्यौपाने, कर्णाली प्रदेशमा बिनिता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन बिष्ट तोकिएका छन्।

फ्रन्टले सबै जेन–जी, युवा, विद्यार्थी तथा इच्छुक नागरिकलाई भ्रष्टाचार र कुशासनविरुद्धको अभियानमा जोडिन आह्वान गरेको छ। साथै, फ्रन्टसँग सम्बन्धित थप जानकारी वा जिज्ञासा राख्न चाहनेहरूले सम्बन्धित प्रदेश सम्पर्क व्यक्ति वा केन्द्रीय प्रतिनिधिलाई सम्पर्क गर्न सक्ने जनाएको छ।

जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा जेन–जी अनियन्ताहरूले १४ कात्तिकमा ‘नेपाल जेन–जी फ्रन्ट’ नाम राखेर मोर्चा घोषणा भएको हुन् ।

बमको संयोजकत्वमा गठन भएको फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा,  मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायत सदस्य रहेका छन् ।

मोर्चाले जेन–जी विद्रोहलाई संस्थागत गर्ने एजेन्डाहरू एकिकृत गर्ने र जेनजी विद्रोहसँगै गठन भएका विभिन्न जेनजी समूहरूलाई एकीकृत गर्ने उद्देश्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?