News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य अघिल्लो साता शुक्रबार २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो र असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।
- चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर ३ हजार १५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ३ हजार २० रुपैयाँ थियो।
२३ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा झरेको छ ।
यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।
पछिल्लो साता सुनचाँदीको मूल्यमा ठुलो हलचल देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4