+
+
Shares

‘भ्यानिटी भ्यान’ विवादबारे नीति : मेरो उद्देश्य महिला कलाकारको आवाज बन्नु हो

‘सफा शौचालय र निजीरुपमा कपडा फेर्ने सुरक्षित स्थान कुनै विलासिता होइन । यो आधारभूत अधिकार हो’ नीति लेख्छिन्, ‘सहर होस् या गाउँ, महिला कलाकारले यस्ता सुविधा पाउनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फिल्म कलाकारसँग अन्तक्रिया गर्दै महिला कलाकारका समस्या सुन्नुभयो।
  • अभिनेत्री नीति शाहले महिला कलाकारका लागि भ्यानिटी भ्यान र शौचालयको व्यवस्था गर्न मन्त्रीलाई सुझाव दिनुभयो।
  • नीति शाहले आफ्नो सुझावलाई कलाकारको गरिमा, सुरक्षा र पेशागत सम्मानसँग जोडिएको विषयको रूपमा लिन आग्रह गर्नुभयो।

काठमाडौं । गत शुक्रबार संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फिल्म कलाकारसँग अन्तक्रिया र भलाकुसारी गरे ।

त्यहाँ उनले आफ्ना कुरा राख्नेदेखि कलाकारको गुनासासम्म सुन्न भ्याए । त्यस क्रममा उनलाई विभिन्न कलाकारले सुझाव र सल्लाह दिए ।

अभिनेत्री नीति शाहले छायांकनको क्रममा महिला कलाकारलाई समस्या भएको भ्यानिटी भ्यानको व्यवस्था गर्न आग्रह गरिन् । शौचालय जडित ती भ्यान ल्याउन सकिए महिला कलाकारलाई सजिलो हुने नीतिको भनाइ थियो ।

उनले दिएको उक्त सल्लाह मिडियामा चर्चाको विषय बन्यो । केही नाम चलेका कलाकारले सेयर नै गरेर उनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । मुलुकका ठूला समस्या छाडेर हिरोइन भ्यानिटी भ्यानतिर लागेको भन्दै विरोध पनि भयो ।

यो समग्र प्रकरणमा, अभिनेत्री शाहले टिप्प्णी गर्दै प्रष्टीकरणको प्रयत्न गरेकी छन् ।

उनले मन्त्रीलाई आफूले दिएको सुझाव, सल्लाहलाई हाँसो वा हल्का रुपमा नलिइ यसलाई कलाकारको गरिमा, सुरक्षा र पेशागत सम्मानसँग जोडिएको विषयमा रुपमा लिन आग्रह गरेकी छन् ।

‘सफा शौचालय र निजीरुपमा कपडा फेर्ने सुरक्षित स्थान कुनै विलासिता होइन । यो आधारभूत अधिकार हो’ नीति लेख्छिन्, ‘सहर होस् या गाउँ, महिला कलाकारले यस्ता सुविधा पाउनुपर्छ ।’

आफ्नो उद्देश्य अनुभव साझा गर्नु र महिला कलाकारको आवाज बन्नु रहेको नीतिको भनाइ छ ।

‘चलचित्र उद्योग संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत पर्ने हुनाले यस्तो विषय उहाँहरूसमक्ष राख्नु पूर्णरुपमा उचित हो’ नीतिले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?