+

दक्षिण अफ्रिकाका इमरान ताहिर जनकपुर बोल्ट्समा

२०८२ कात्तिक  २३ गते १६:१६ २०८२ कात्तिक २३ गते १६:१६
दक्षिण अफ्रिकाका इमरान ताहिर जनकपुर बोल्ट्समा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाका स्पीन बलर इमरान ताहिरले नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।
  • इमरान ताहिरले ४४६ टी-२० खेलमा ५७० विकेट लिएका छन् र सन् २०१९ मा आईपीएलमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेका थिए।
  • जनकपुर बोल्ट्सले लाहिरु मिलान्थालाई पुनः अनुबन्ध गरेको र वेस्ट इन्डिजका शिवनराइन चन्द्रपाललाई प्रशिक्षक बनाएको छ।

२३ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका स्पीन बलर इमरान ताहिरले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक विजेता टोली जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दा २९३ विकेट लिएका छन् । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका ताहिरले ४४६ टी-२० खेलमा ५७० विकेट लिएका छन् ।

ताहिरले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिताहरू जितेका छन् । भारतको आईपीएलमा राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किङ्सबाट खेलेका छन् । सन् २०१९ मा उनले आईपीएलमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेका थिए ।

यसका अलावा उनले बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, मेजर लिग क्रिकेट, लंका प्रिमियर लिग, आईएलटी-२०, एसएटी-२० जस्ता चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

जनकपुरले यसअघि लाहिरु मिलान्थालाई दोस्रो संस्करणका लागि पुन: दोहोर्‍याएको छ भने दक्षिण अफ्रिकाका वायन पार्नेललाई अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा वेस्ट इन्डिज लेजेन्ड शिवनराइन चन्द्रपललाई भित्र्याएको छ ।

इमरान ताहिर जनकपुर बोल्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय