२३ कात्तिक, काठमाडौं । मेड इन युएस रिभल्वरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । टेकुको ह्युमतस्थित गल्लीबाट प्रहरीले उनीलाई लागु औषध ब्राउन सुगर, पोल्याण्ड र ३२ हजारसहित पक्राउ गरेको थियो ।
उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा २ थान रिभल्वर, त्यसको २ राउण्ड गोली, टाइप ७७ मा लाग्ने १ थान गोली, एसएलआरमा लाग्ने ३ राउण्ड गोली समेत भेटिएको परिसरका एसएसपी रमेश थापाले बताए ।
पक्राउ परेकाहरुविरुद्ध लागु औषध र हातहतियार खरखजनामा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4