+

एभरेस्ट महिला भलिबल लिग : बाँकी ७ खेलका लागि तालिका सार्वजनिक

२०८२ कात्तिक  २३ गते १८:२८ २०८२ कात्तिक २३ गते १८:२८
एभरेस्ट महिला भलिबल लिग : बाँकी ७ खेलका लागि तालिका सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरूको तालिका कात्तिक २३ मा सार्वजनिक भएको छ।
  • इन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका सार्वजनिक गरेको र जेनजी आन्दोलनका कारण रोकिएको प्रतियोगिता कात्तिक २६ देखि २९ सम्म हुने तय भएको छ।
  • लिगमा ६ फ्रेन्चाईज टोलीको सहभागिता छ र ललितपुर क्विन्स र कर्णाली यशविसले सुरुवाती तीन खेल जितेर अपराजित रहेका छन्।

२३ कात्तिक, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरूको तालिका सार्वजनिक भएको छ ।

आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका सार्वजनिक गरेको हो । जेनजी आन्दोलनका कारण बीचमै रोकिएको प्रतियोगिता कात्तिक २६ देखि २९ सम्म गर्ने तय भएको थियो ।

यसअघि दोस्रो संस्करणको प्रतियोगिता भदाै २० गते देखि पोखरामा भएको थियो । जसमा लिगको १६ मध्ये ९ खेल सम्पन्न भइसकेको छ ।

नयाँ तालिकाअनुसार कात्तिक २६ गते दिउँसो ३ बजे कर्णाली यशविस र मधेश युनाइटेड खेल्ने छन् । सोही दिन साँझ ५ बजे ललितपुर क्वीन्स र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा ६ फ्रेन्चाईज टोलीको सहभागिता छ । ललितपुर क्विन्स र कर्णाली यशविसले सुरुवाती तीन खेल जितेर अपराजित छन् ।

एभरेस्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय