+
+
Shares

भारतसँग जोडिएका सिरहाका सीमावर्ती नाका तीन दिन बन्द हुने

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ।

रासस रासस
२०८२ कात्तिक २३ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको सीमावर्ती नाका भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण कात्तिक २३ गते राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्म बन्द गरिने छ।
  • जिल्ला प्रशासन कार्यालयले मानवीय र आकस्मिक बाहेकका सबै आवागमन तीन दिनसम्म पूर्ण रूपमा बन्द गरिने सूचित गरेको छ।
  • प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निर्वाचनका कारण सीमाना बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

२३ कात्तिक, सिरहा। भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आज रातिदेखि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छन् ।

उनका अनुसार, यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?