+

नेपथ्य कन्सर्टबाट उठेको रकम पोखरा एभेन्जर्सले विद्यालयमा सहयोग गर्ने

२०८२ कात्तिक  २४ गते ८:०२ २०८२ कात्तिक २४ गते ८:०२
नेपथ्य कन्सर्टबाट उठेको रकम पोखरा एभेन्जर्सले विद्यालयमा सहयोग गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले नेपथ्यको कन्सर्टबाट उठेको टिकट रकम गण्डकी प्रदेशका विद्यालयमा क्रिकेट विकासमा खर्च गर्ने जानकारी दिएको छ।
  • कन्सर्टमा ७ हजार ८ सय टिकट बिक्री भएको र टिकटबाट उठेको रकमबाट १० लाख बराबर क्रिकेट सामग्री विद्यालयलाई प्रदान गरिनेछ।
  • पोखरा एभेन्जर्सले मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि तयारी गरिरहेको छ।

२४ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले नेप्थयको कन्सर्टमा विक्री भएको टिकटको रकमबाट केही हिस्सा विद्यालयमा सहयोग गर्ने भएको छ ।

पोखरा एभेन्जर्सले उक्त रकम गण्डकी प्रदेश भित्रका विद्यालयमा क्रिकेट विकासमा खर्च गर्ने आइतबार पोखरामा आयोजिक पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको पोखरा एभेन्जर्सले क्रिकेटलाई संगितसँग जोड्न शुक्रबार पोखरा रंगशालमा नेपथ्यको कन्सर्ट आयोजना गरेको थियो ।

उक्त कन्सर्टमा टिकट ब्रिक्रीबाट उठेको रककमा केही भाग गण्डकी प्रदेशका विद्यालयमा क्रिकेट विकासमा खर्च गरने पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए ।

बिक्री भएको प्रत्येक टिकटबाट दुई सय रुपैयाँ जिल्ला खेलकुद विकास समिति र एक सय रुपैयाँ विद्यालयको क्रिकेट विकासका लागि खर्चिने समझदारी भए अनुसार नै क्रिकेट विकासमा खर्च गर्न लागेको त्रिपाठीले जानकारी दिए ।

‘सोही समझदारीअनुसार करिब ५ लाख र अन्य प्रायोजकबाट थप ५ लाख गरी १० लाख बराबरको क्रिकेट सामग्री गण्डकीका विद्यालयलाई प्रदान गर्नेछौं’ एभेन्जर्सका अध्यक्ष त्रिपाठीले भने ।

जिल्ला खेलकुद विकास समिति र क्रिकेट संघसँगको समन्वयमा विद्यालय छनोट गरिने र सहयोग गर्ने अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार शुक्रबारको कन्सर्टमा ७ हजार ८ सय थान टिकट ब्रिकी भएको र २ हजार दुईसय आमन्त्रितको रुपमा कन्सर्ट हेर्न पुगेका थिए । तर कन्सर्टमा केही व्यक्तिगतहरु टिकट नकाटी पनि प्रवेश गरेका थिए । जसले गर्दा कन्सर्ट हेर्नेको संख्या १० हजार भन्दा बढी थियो ।

कन्सर्ट हेर्न सुरुवातमा टिकट काट्ने एक हजार दर्शक र विद्यार्थीका लागि ९९९ रुपैयाँ मूल्य तोकिएको थियो । यस्तै त्यसपछिका दर्शकले १ हजार ४९९ रुपैयाँ टिकट काटेर कन्सर्ट हेरेका थिए ।

दर्शकले टिकट काट्दा जर्सी नै उपहार पाउने व्यवस्था गरिएको थियो । जसअनुसार सुरुवातमा टिकट काट्ने एक हजार र विद्यार्थीका लागि कन्सर्टकै दिन जर्सी लिन मिल्ने सुविधा थियो । अन्य समर्थकले भने केही समयपछि पोखरा एभेन्जर्सको जर्सी पाउने आयोजकले जनाएको छ ।

पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठीले नेपथ्यको कन्सर्ट ऐतिहासिक भएको र भव्य रुपमा सम्पन्न भएको भन्दै यसमा सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिए । उनले पोखरा एभेन्जर्स गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने टिम भएकोले स्थानिय रुपमै कन्सर्ट आयोजना गरिएको बताए ।

कुशल भुर्तेल मार्की रहेको पोखराले मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने एनपीएलको दोस्रो सिजनका लागि तयारी गरिरहेको छ । पहिलो सिजन प्लेअफ पुग्न नसकेपनि दोस्रो सिजन टिमले उत्कृष्ट प्रदर्शन गर्दे त्रिपाठीको विश्वास छ ।

नेपथ्य कन्सर्ट पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय