News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको पानीपोखरीमा रहेको वालनट बिस्ट्रो रेस्टुरेन्टले ग्राहकलाई लक्षित गरी पुस्तकालय सञ्चालनमा ल्याएको छ।
२४ कार्तिक, काठमाडौं । काठमाडौंको पानीपोखरीमा रहेको वालनट बिस्ट्रो रेस्टुरेन्टले ग्राहकहरूलाई लक्षित गरी पुस्तकालय सञ्चालनमा ल्याएको छ । ग्राहकलाई स्वादिष्ट खानासँगै ज्ञानको पनि स्वाद चखाउने उद्येश्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको रेस्टुरेन्टका म्यानेजर राकेश डंगोलले बताए ।
रेस्टुरेन्टले हालै ‘लिटल फ्री लाइब्रेरी’ नौलो अभियानको सुरुवात गरेको छ। जसअन्तर्गत कोही ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ।
रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको पुस्तकालयमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालबालिका सम्बन्धी विविध पुस्तकहरू राखिएको छ । ‘पुस्तक छोड र पुस्तक लिएर जाऊ’ अर्थात् ‘एउटा लिनुस्, एउटा राखिदिनुस्’ भन्ने अवधारणामा अनुसार पुस्तक आदान-प्रदान गरी पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको म्यानेजर डंगोलको भनाइ छ ।
डंगोलले पुस्तकालयले प्रत्यक्ष रुपमा समाज र मानिसलाई जोड्ने विश्वास व्यक्त गरे। यसले नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रोत्साहन दिँदै सांस्कृतिक पहिचान जोगाउन योगदान गर्ने दावी उनको छ ।
प्रतिक्रिया 4