News Summary
Generated by OK AI. Editorially reviewed.- द गुरुकुलम स्कुलले दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सितापाइलास्थित फुटसल ग्राउण्डमा सुरु गर्नेछ।
- प्रतियोगितामा उपत्यकाका २० स्कुल पाँच समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल्नेछन् र समूह विजेताले सेमिफाइनल प्रवेश गर्नेछन्।
- च्याम्पियनसिपको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका प्रमुख प्रशिक्षक अरुणा गुरुङले गर्नेछन् र प्रतियोगितालाई आरजेएम मोटर्सले पावर्ड बाई गरेको छ।
२४ कात्तिक, काठमाडौं । द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ ।
च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलम स्कुलको फुटसल ग्राउण्डमा कात्तिक २६ र २७ गते दुई दिन सञ्चालन हुनेछ ।
च्याम्पियनसिपमा उपत्यकाका २० स्कुलले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको संयोजक मनोज वैश्यले जानकारी दिए ।
प्रतियोगितामा सहभागी स्कुललाई विभिन्न पाँच समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार-चार टोली छन् ।
लिग कम नकआउटका आधारमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ । लिग चरणको खेलपछि पाँचवटै समूहको समूह विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् र सुपर फाइभ राउण्डमा खेल हुने वैश्यले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका प्रमुख प्रशिक्षक अरुणा गुरुङले गर्नेछन् । उद्घाटन समारोहपछि खेल सुरु हुनेछ ।
प्रतियोगिताका संयोजक मनो वैश्यले यो प्रतिस्पर्धा मात्र नभएर स्कुलहरुबीच मैत्रिभाव स्थापना गर्ने र युवाहरुको उर्जा र टिमवर्कलाई सेलेब्रेट गर्ने माध्यम भएको बताए ।
प्रतियोगिताको पावर्ड बाईमा आरजेएम मोटर्स रहेको छ भने अस्मिता पब्लिकेसन, एसिया पब्लिकेसन एण्ड विष्णु देवी कपी उद्योग सह-प्रायोजकको रुपमा छन् । यस्तै आरजे स्पोर्ट्स, रिड एण्ड रिटर्न, सुभेक्षा इन्टरनेशनल हस्पिटलको पनि साथ रहनेछ ।

प्रतिक्रिया 4