News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
- कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ५३ लाख रुपैयाँबाट ११ प्रतिशतले बढेको हो।
- कम्पनीको खुद प्रिमियम आम्दानी २ अर्ब ४५ करोड रुपैयाँबाट २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।
२५ कात्तिक, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ११ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ, जसको प्रभाव नाफामा पनि देखिएको हो । खुद प्रिमियम आम्दानी पहिले २ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ९१ करोड रुपैयाँ छ ।
त्यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पहिले ९.२० रुपैयाँ रहेकोमा अहिले १०.२२ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा छ ।
५ अर्ब १ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको विपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ छ । त्यस्तै सञ्चित आम्दानी १ अर्ब ४ करोड रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४२९ रुपैयाँ छ ।
प्रतिक्रिया 4