News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी र जापानी राजदूत मैदा तोरुबीबीच मंगलबार शिष्टाचार भेट भएको छ।
- भेटमा दुई मुलुकबीच मित्रता र सहयोगपूर्ण सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ।
- उरुषा भण्डारी मिस इन्टरनेसनलमा सहभागी हुन मंगलबार राति टोकियो प्रस्थान गर्ने कार्यक्रम छ।
काठमाडौँ । मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी र जापानी राजदूत मैदा तोरुबीच मंगलबार शिष्टाचार भेट भएको छ ।
जापानमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलमा सहभागी हुन टोकियो प्रस्थान गर्नुअघि भण्डारी र राजदूत तोरुबीच दूतावासमा भेट भएको हो ।
भेटमा दुई मुलुकबीचको मित्रता र सहयोगपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले जानकारी दिएको छ ।
‘मिस इन्टरनेसनल समारोहमा नेपालको प्रतिनिधिको रुपमा हाम्रा साझा लक्ष्य र सांस्कृतिक आदानप्रदानमा योगदान पुर्याउन हामी तत्पर छौं’ हिडन ट्रेजरले जनाएको छ ।
मिस इन्टरनेसनलमा सहभागी हुन उरुषा मंगलबार राती टोकियोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4