+
+
Shares

‘मिसेस नेपाल वर्ल्ड’ को फिनाले आउँदो शनिबार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवाहित सुन्दरीको सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२५' मा ट्यालेन्ट राउण्ड राष्ट्रिय नाचघरमा सम्पन्न भयो।
  • प्रतियोगीले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला, स्ट्यान्डअप कमेडी र फास्ट-फेसनमा प्रतिभा प्रस्तुत गरे।
  • ग्रान्ड फिनाले शनिबार नेपाल पुलिस क्लबमा हुनेछ र विजेताले 'मिसेस वर्ल्ड २०२६' मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

काठमाडौं । विवाहित सुन्दरीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का प्रतिस्पर्धीले ‘ट्यालेन्ट राउण्ड’ मा प्रतिभा प्रस्तुत गरेका छन् ।

राष्ट्रिय नाचघरमा उनीहरूले प्रतिभा प्रदर्शन गरे । सो अवसरमा उनीहरूले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला, स्ट्यान्डअप कमेडीदेखि फास्ट- फेसनबारे चेतनामूलक प्रस्तुति दिए ।

सञ्जु भट्ट, एलिना केसी, निर्मला सुनुवार, बिष्णु तिमिल्सिनाले गीत प्रस्तुत गरे । कञ्चन झा, तारा खनाल, दिपिका तामाङ, कुसुम खड्का, सुम्निमा खापुङ, रक्षा पन्त, चन्द्रकला राई र सुमिना महर्जनले नृत्य पस्किए ।

इमायुङ राईले योग प्रस्तुति दिइन् । श्रीनि ढङ्ख्वा, शुभाना रोक्का र करुणा श्रेष्ठले कविता वाचन गरे । विष्णु भण्डारीले मुक्तक र गंगा लामिछानेले गजल पस्किए । अरुणा लामाले फास्ट-फेसनबारे बोलिन् ।

विनिता अधिकारी र कल्पना विष्टले स्ट्यान्डअप कमेडी प्रस्तुत गरे । विद्या चौहान, रञ्जना बुढाथोकीले भाषण, सजनी जोशीले वकालत तथा रोजी थापाले अभिनय प्रस्तुति दिए ।

ग्रान्ड फिनाले शनिबार नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ । सो अवसरमा मिसेस नेपाल वर्ल्डसँगै ८ औ संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि घोषणा गरिनेछ ।

विजेताले आउँदो वर्ष अमेरिकामा हुने ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले रविन इन्टरटेनमेन्टले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?