काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह पनि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनी नेपाली कम्यनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
बाजुरा निवासी शाह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला र आर्थिक योजना मन्त्रीसमेत बनेका थिए ।
प्रचण्डलाई ‘गणतन्त्र नेपालका निर्माता’ भनेर सम्बोधन सुरु गरेका शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । उनले भने, ‘ऋतु बदलिए, मौसम बदलिए तर केपी शर्मा ओलीको अहंकार बदलिएको छैन, दम्भ बदलिएको छैन ।’
ओलीले भीम रावलको आवाजलाई निमोठ्ने हर्कत गरेको आरोप समेत उनले लगाए ।
उनले देश संकटमा परेका बेला सबै कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने आह्वान युगले गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4