News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जाजले ललितपुर क्वीन्सलाई सोझो सेटमा हराएको छ।
- कर्णाली यशले पहिलो खेलमा जित निकालेर फाइनलमा पुगिसकेको छ ।
- जेनजी आन्दोलनका कारण स्थगित भएको प्रतियोगिता आजदेखि पुनः सुरु भएको हो।
२६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जाजले पहिलो जित दर्ता गर्दा ललितपुर क्वीन्सले पहिलो हार बेहोरेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको दोस्रो खेलमा पोखराले ललितपुरलाई २५-२२, २५-१३ र २५-२० को सोझो सेटमा हराएको हो ।
पोखरासँग हारेपछि ललितपुरले फाइनल पुग्न कुर्नुपर्ने भएको छ । यसअघि आजै भएको पहिलो खेलमा जित निकाल्दै कर्णाली यशविस फाइनलमा पुगिसकेको छ ।
ललितपुरले अब आफ्नो अन्तिम खेलमा कर्णालीसँग शुक्रबार खेल्नेछ । पोखराले भोलि बिहीबार काठमाडौं स्पाइकर्ससँग खेल्नेछ ।
जेनजी आन्दोलनका कारण बीचमै स्थगित भएको प्रतियोगिता आजदेखि पुन: सुरु भएको हो ।
प्रतिक्रिया 4