+
+
Shares

गहना लुट्न छिमेकीको हत्या, प्रतिकारमा औंला छिनेपछि खुल्यो घटनाको रहस्य

प्रहरीका अनुसार प्रतिकारको क्रममा पवित्रीको औंला छिनेको पाइएपछि उनको पहिचान खुलेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते २०:०९
हत्या आरोपी पवित्रीदेवी मण्डलको साथबाट बरामद गरगहना र हत्यामा प्रयोग भएको धारिलो हतियार ।

२६ कात्तिक, जनकपुरधाम । धनुषामा गहना लुट्ने उद्देश्यले एक छिमेक महिलाबाट अर्की महिलाको हत्या भएको खुलेको छ ।

धनुषाको हंसपुर नगरपालिका-७ नुवाखोर टोल बस्ने बिन्देश्वर दास तत्माकी ६२ वर्षीया श्रीमती चन्द्रकलादेवी दासको सोमबार राति खेतमा हत्या भएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार मृतक महिलाको शव मंगलबार राति ९ बजे घरदेखि करिब पाँच सय मिटर पर खेतमा फेला परेको थियो ।

उनको हत्या गहना लुट्न छिमेकी महिलाले गरको खुलेको छ ।

हत्याको आरोपमा स्थानीय बिहारी मण्डलकी ४५ वर्षीया श्रीमती पवित्रीदेवी मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

उनले हत्या गर्न प्रयोग गरेको धारिलो फुर्सा, मृतकबाट लुटेको गरगहना समेत बरामद भएको डीएसपी बमले बताए ।

प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेकी महिलाको बायाँ हातको चोरी औंलाको टुप्पा छिनिएको पाइएको छ ।

मृतक महिलाले प्रतिकार गर्दा आफ्नो औंला छिनिएको वयान प्रहरी समक्ष पवित्रीले दिएकी छन् ।

प्रहरीका अनुसार प्रतिकारको क्रममा पवित्रीको औंला छिनेको पाइएपछि उनको पहिचान खुलेको हो ।

हत्या आरोपी महिलाले गहना लुट्न योजनाबद्ध रूपमा चन्द्रकला देवीको खेतमा लगेर हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी बमले बताए ।

कर्तव्य ज्यान मुद्दामा हत्या आरोपी पवित्रालाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?