+
+
Shares

कम्युनिस्टहरू एक नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते २१:१६

२६ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा मिसिएका नेता डा. भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताएका छन् ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै नेता रावलले यस्तो बताएका हुन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने बताए ।

‘आज हाम्रो घरमा आगो लाग्यो आगो खायौं । तर म भन्छु  देशभक्त, प्रगतिशील कम्युनिस्टहरू एकताबद्ध र निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने माफ गर्नुहोला मैले तपाईंलाई तर्साएको होइन,’ रावलले भने, ‘अब हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन् । त्यसैले नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं ।’

मुलुकको विकास र शान्ती सुव्यवस्थाका लागि कम्युनिस्टहरू एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत टिप्पणी गरे ।

‘बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्नको लागि नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ । खेत बाँझो हुन, युवाहरूलाई विदेश जानबाट रोकौं,’ उनले भने ।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अंहकारका कारण तत्कालीन नेकपा नटिकेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?