+
+
Shares

नवनियुक्त आईजीपी कार्कीले उठाए प्रहरी सहचारी राख्नेदेखि रासन वृद्धिसम्मको विषय

कार्कीले भने, ‘राज्यको आर्थिक विकासका लागि ठूलो संख्यामा प्रवासमा रहेर योगदान पुर्‍याउने नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिहरूका जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्ने प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नेमा अपेक्षा गरेको छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १४:१२

२७ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालीहरूको जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्नेदेखि रासन वृद्धिसम्मको विषय उठान गरेका छन् ।

बिहीबार गृहमन्त्रालयमा आईजीपीको दर्ज्यानी चिह्न प्राप्त गरेपछि २० मिनेट सम्बोधन गरेका नवनियुक्त आईजीपी कार्कीले उक्त विषयहरू उठान गरेका हुन् ।

कार्यक्रममा बोल्दै कार्कीले भने, ‘राज्यको आर्थिक विकासका लागि ठूलो संख्यामा प्रवासमा रहेर योगदान पुर्‍याउने नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिहरूका जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्ने प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नेमा अपेक्षा गरेको छु ।’

कार्कीले भनेजस्तै नेपाल प्रहरीले यसअघि पटक–पटक खाडीका विभिन्न मुलुकहरूका साथै अमेरिका, चीन र युरोपका केही देशहरूमा प्रहरी सहचारी राख्नुपर्ने माग गर्दै आएको छ । तर अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन ।

अहिले भारतमा प्रहरी सहचारीको रूपमा एक जना एसएसपी दर्जाका कर्मचारी खटिँदै आएका छन् भने अन्य मुलुकहरूमा प्रहरी सहचारी छैनन् ।

त्यसैगरी नवनियुक्त आईजीपी कार्कीले प्रहरीको रासन वृद्धिको विषय पनि सम्बोधनको क्रममा उठाए । अन्य सुरक्षा निकायको रासन र प्रहरीको रासनमा असामान्य रहेको भन्दै रासन वृद्धि हुनुपर्ने आशय कार्कीको छ ।

‘नेपाल प्रहरीले प्राप्त गर्ने रासन र अन्य अन्य सुरक्षा निकायहरूको सन्दर्भमा असमान रहेको तथा कार्य प्रकृतिको आधारमा दैनिक कार्य सम्पादन गर्नका लागि आवश्यक आधारभूत पोषण सन्दर्भमा समेत असंगत र अपर्याप्त भएको कुरा आजका दिनमा सबैले बुझिसकेको छ,’ कार्कीले भने ।

देशमा निकट भविष्यमा हुन गइरहेको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी तत्पर रहेको पनि उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?