२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए ।
‘दल खोल्ने होकी, चुनाव लड्ने हो कि, के हो ?’, श्रेष्ठको प्रश्न थियो ।
उक्त प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले आफूले दल पनि नखोल्ने र चुनाव पनि नलड्ने जवाफ दिए ।
‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4