News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले इरानको आणविक कार्यक्रमलाई सघाएको आरोपमा चीन, भारत, हङकङ, यूएई, टर्की लगायत ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ।
- अमेरिकी विदेश विभागले प्रतिबन्धलाई २७ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले इरानमाथि लगाएको प्रतिबन्ध पुनः लागू गर्ने निर्णयको समर्थनमा लिएको जनाएको छ।
- इरानमाथिको प्रतिबन्ध परमाणु कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्झौतापछि हटाइएको थियो, तर यस वर्ष सेप्टेम्बरमा राष्ट्रसंघले पुनः व्यापक आर्थिक र सैन्य प्रतिबन्ध लगाएको छ।
२७ कात्तिक, काठमाडौं । इरानको आणविक कार्यक्रमलाई सघाएको भन्दै अमेरिकाले चीन, भारत लगायतका देशका कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स( यूएई) टर्कीएका साथै अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिहरूमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो ।
उनीहरूले इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन उत्पादनसँग जोडिएका आपूर्ति संयन्त्रको नेटवर्क चलाएको अमेरिकाको आरोप छ । जसमध्ये केहीले इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग मिलेर काम गरेको आरोप लगाउँदै अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
अमेरिकी विदेश विभागले प्रेस वक्तव्य जारी गर्दै प्रतिबन्धसँग जोडिएका जानकारी दिएको छ ।
जसअनुसार यो कदम २७ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले इरानमाथि लगाएको प्रतिबन्धलाई पुन: लागू गर्ने निर्णयलाई समर्थन गर्दै लिइएको विदेश विभागले भनेको छ ।
परमाणु कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्झौतापछि इरानमाथिको प्रतिबन्ध हटाइएको थियो । तर, यसै वर्षको सेम्टेम्बरमा राष्ट्रसंघले १० वर्षपछि पुन: इरानमाथि व्यापकस्तरमा आर्थिक र सैन्य प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया 4