+
+
Shares

जेनजी घाइतेले भेटे गृहमन्त्री र आईजीपी, भने- न्यायोचित माग पूरा गरिदिनू

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १६:३९

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले घाइते जेनजी र उनीहरूका प्रतिनिधिसँग भेट गरेका छन् ।

उनीहरूले संयुक्तरुपमा गृह मन्त्रालयमा जेनजी आन्दोलनमा घाइते भएका दुई जना र जेनजी प्रतिनिधिसँग भेट गरेका हुन् । भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेनजीका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका छन् ।

यसअघि आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि कार्कीले गृहमन्त्री अर्यालसगँ उनकै कार्यकक्षमा भेटघाट गरेका थिए ।

भेटमा गृहमन्त्री अर्यालले आईजीपीमा बढुवा भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सद्भाव, अमनचैन र नजिकिंदै गरेको प्रतिनिधिसभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोवल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन दिए ।

सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रुपमा हुने आदेश र निर्देशको परिधीभित्र रही आफू र आफ्नो संगठनले सधै जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्दै आफू दत्तचित्त भई लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?