+
+
Shares

जेनजी घाइतेकी दिदी सांसद बन्दै, भन्छिन् : शहीद–घाइतेको अभिभावक बन्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १७:३९
मुकेश र आकृति अवस्थी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनका घाइते मुकेश अवस्थीकी दिदी आकृति अवस्थीलाई समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ।
  • आकृति अवस्थीले जेनजीले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनका लागि सदनमा आवाज उठाउने बताउनुभयो।
  • मुकेश अवस्थीले आन्दोलनमा गोली लागेर बाँया खुट्टा गुमाएका छन् र हाल उपचाररत छन्।

२ चैत, काठमाडौं । जेनजी आन्दोलनका घाइते मुकेश अवस्थीको दिदी आकृति अवस्थी सांसद बन्ने भएकी छिन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

खस आर्यको नवौं नम्बरमा रहेकी उनलाई समानुपातिक सांसदको लागि रास्वपाले उनको नाम पनि निर्वाचन आयोगमा पठाएको हो ।

‘जेनजीले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासन हो । जसरी उनीहरूले सडकबाट आवाज उठाए । उनीहरूको अभिभावक बनेर सदनमा आवाज उठाउने छु,’ उनले भनिन्, ‘जेनजी शहीद–घाइतेको अभिभावक बनेर काम गर्ने छु ।’

शिक्षा र स्वास्थ्यको मुद्दा पनि सदनमा उठाउने उनले अनलाइनखबरसँगको कुराकानीका क्रममा भनिन् । ‘पिछडिएको क्षेत्रमा नि:शुल्क स्वास्थ्य आवश्यक छ । शिक्षामा पनि एकरुपता बनाउनु पर्ने छ,’ उनले भनिन् ।

डडेल्धुरा अमरगढीका २२ वर्षीय मुकेश उनका जेठो भाइ हुन् । अहिले पनि मुकेश उपचाररत छन् ।

आन्दोलनमा गोली लागेर मुकेशले बाँया खुट्टा गुमाउनु परेको थियो । सब इन्जिनियरिङ सकाएका मुकेश अस्ट्रेलिया पढ्न जाने र फर्केर देशको सेवा गर्ने योजनामा थिए ।

तर गत भदौ २३ मा भएको आन्दोलनले उनको योजना रोकिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?