+

पिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि

२०८२ कात्तिक  २७ गते २२:०८ २०८२ कात्तिक २७ गते २२:०८
पिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पिस प्वाइन्ट बोर्डिङ स्कुलले दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ।
  • फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २-० ले हराएको थियो।
  • प्रतियोगितामा उपत्यकाका २० स्कुलको टोली सहभागी थिए र पुरस्कार राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक अरुणा गुरुङले प्रदान गरिन्।

२७ कात्तिक, काठमाडौं । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ ।

दी गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो ।

सीतापाइलास्थित गुरुकुलम स्कुलकै प्रांङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २-० ले हरायो ।

त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर बन्दा पिस प्वाइन्टकै आयुश लिम्बु सर्वाधिक गोलकर्ता बने ।

मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पयो ।

दुई दिने प्रतियोगितामा उपत्यकाका २० स्कुलको टोलीको सहभागिता थियो ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङले पुरस्कार प्रदान गरिन् । उनले सहभागि टिम देखि विजयी टिम खेलाडीलाई बधाई दिँदै विद्यार्थीका लागि खेलकुदको महत्वबारे धारणा राखेकी थिइन् ।

प्रतियोगिताका संयोजक मनोज वैश्यले प्रतियोगिमा सहभागि टोली देखि प्रतियोगिताला२ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

गुरुकुलम स्कुलले विद्यार्थीहरुका लागि पढाई मात्र नभएर फुटसल लगायत अन्य विभिन्न खेलकुद गतिविधिमा पनि सक्रिय गराउँदै आएको छ ।

गुरुकुलम इन्टर स्कुल फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय