+
+
Shares

पाल्पामा घर भत्काउँदा च्यापिएर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते २२:१७

२८ कात्तिक, पाल्पा । पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–५ का ६३ वर्षीय टुकबहादुर सोमै रहेको प्रहरीले जनाएको छ ।

बिहीबार गल्धास्थित बेलडाँडा बजारमा भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर सोमैको निधन भएको प्रहरीले जनाएको छ ।

नयाँ घर निर्माणका लागि पुरानो घर भत्काउने क्रममा दोस्रो तलाको टप खस्दा च्यापिएर घाइते भएका सोमैको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर भत्काउँदा घरको टपसँगै खसेका सोमैलाई स्थानीयले उद्धार गरी उपचारका लागि रामपुर अस्पताल लगेका थिए । उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?