+
+
Shares

सामाजिक सञ्जालका असम्बन्धित ग्रुपमा नबस्न प्रहरीलाई हेडर्क्वाटरको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी प्रधान कार्यालयले नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा प्रहरी कर्मचारीलाई असम्बन्धित सामाजिक सञ्जाल ग्रुपमा नबस्न आन्तरिक सर्कुलर जारी गरेको छ।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजीपी अबीनारायण काफ्लेले प्रहरीका आफ्नै पेज, वेभसाइड र ग्रुपहरु मात्रै सूचना जानकारीका लागि प्रयोग गर्न भनिएको बताए।
  • प्रहरी कर्मचारीहरु अहिले प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार सामाजिक सञ्जालका विभिन्न असम्बन्धित ग्रुपहरुबाट बाहिर निस्कन थालेका छन्।

२८ कात्तिक, काठमाडौं । सामाजिक सञ्जालका विभिन्न असम्बन्धित ग्रुपहरुमा नबस्न प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार कार्यभार सम्हालेलगत्तै यसबारे आन्तरिक सर्कुलर गर्दै प्रहरी कर्मचारीहरुलाई त्यस्ता ग्रुपहरुमा नबस्न भनिएको छ ।

असम्बन्धित पेज तथा ग्रुपहरुमा नजोडी यसअघि पनि पटकपटक प्रहरी प्रधान कार्यालयले भन्दै आएकोमा अहिले त्यसलाई कडाई गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजीपी अबीनारायण काफ्लेले बताए ।

‘सूचना जानकारीका लागि नेपाल प्रहरीकै आफ्नै पेज, वेभसाइड,  ग्रुपहरु छँदैछन् । असम्बन्धित ग्रुपमा नजोडिन अहिले कडाइ गरेका छौं,’ प्रवक्ता काफ्लेले अनलाइनखबरसँग भने ।

प्रहरी हेडर्क्वाटरको यो निर्देशनसँगै अहिले प्रहरी कर्मचारीहरु सामाजिक सञ्जालका विभिन्न ग्रुपहरुबाट धमाधम बाहिर निस्कन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?