+
+
Shares

धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १९:३७
सांकेतिक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
  • शुक्रबार साँझ ६ बजेतिर गोली प्रहार भएपछि उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
  • विन्देश्वर यादव स्वतन्त्र निर्वाचित वडाध्यक्ष थिए।

२८ कात्तिक, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो ।

शुक्रबार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनुषााले जनाएको छ ।

०७९ मा भएको स्थानीय  तहको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?