+
+
Shares

मृत्यु संस्कारमा गएका वडाअध्यक्षमाथि भएको थियो गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते २०:२०

२८ कात्तिक, जनकपुरधाम । धनुषामा मृत्यु संस्कारमा सहभागी हुन गएका बेला मिथिला बिहारी नगरपालिकाका वडाअध्यक्षमाथि गोली प्रहार भएको खुलेको छ ।

मिथिला बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका सोही वडाका अध्यक्ष विन्देश्वर यादवमाथि विवादका क्रममा गोली प्रहार भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले अनलाइनखबरलाई जानकारी दिए ।

मृत्यु संस्कारमा गएका बेला दुई पक्षबीच विवाद भएछ, त्यहीबेला अर्को पक्षले वडाअध्यक्ष यादवमाथि गोली प्रहार गरेको जानकारी आएको छ,’ डीएसपी बमले भने ।

दुई पक्षको विवादमा सम्झाउन अघि सरेका वडाअध्यक्ष यादवमाथि नै गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । विवादका क्रममा भएको झडपमा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

डीएसपी बमका अनुसार घटनामा संलग्न रहेको स्थानीयको भनाइ अनुसार प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

‘घटनामा ३/४  जनाको संलग्नता भएको स्थानीयले बताएका छन्, त्यसै आधारमा हामीले एकजनालाईे नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?