News Summary
Generated by OK AI. Editorially reviewed.- सांग्रिला डेभलपमेन्ट बैंकले कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ।
- लाभांशमा ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश समावेश छ।
- कम्पनीले ३६ करोड ८३ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने जनाएको छ।
३० कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ३६ करोड ८३ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश नेपाल राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4