+

स्पीड स्केट च्याम्पियनसीप सम्पन्न

२०८२ कात्तिक  ३० गते १४:४८ २०८२ कात्तिक ३० गते १४:४८
स्पीड स्केट च्याम्पियनसीप सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको यूएन पार्कमा ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पियनसीप २०२५ अन्तर्गत जुनियर र सिनियर विधाका खेल भएको छ।
  • प्रतियोगितामा जुनियरतर्फ ५० र सिनियरतर्फ ५० खेलाडीले क्रमशः १५० र २५० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए।
  • जुनियरतर्फ सुवास श्रेष्ठ प्रथम र सिनियरतर्फ रामु थारुले प्रथम स्थान हासिल गरेका छन् र विजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

२९ कात्तिक, काठमाडौं । एक दिवसिय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पियनसीप २०२५ अन्र्तगत जुनियर तथा सिनियर विधाका खेल शनिबार ललितपुरको यूएन पार्कमा भएको छ ।

सो खेल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको हो । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका महासचिव सत्य थापाका अनुसार खुला च्याम्पियनसीप अन्तर्गत गत भएका दुईवटै विद्याका खेलमा ५०, ५० जना खेलाडीको सहभागिता रहेको थियो ।

सो प्रतियोगितामा खेलाडीले जुनियरतर्फ १५० मिटर र सिनियरतर्फ २५० मिटरको छ फिट ट्याकमा खेलेका थिए । जसमा जुनियरतर्फ सुवास श्रेष्ठ प्रथम, एन्जे शेर्पा दोस्रो र सुवर्ण अधिकारी तेस्रो भए भने सिनियरतर्फ रामु थारु प्रथम, विपिन मगर दोस्रो र आर्यन तेस्रो भएका छन् ।

विजयी खेलाडीलाई पूर्व खेलकूदमन्त्री महेश्वरसिंह गहतराज, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका अध्यक्ष अच्युत खनाल र प्रमुख प्रशिक्षक दिलिपराज बरालले नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा ग्लाइड सिटीका सञ्चालक बसन्त पन्तले अथितिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्केटिंगमा बालबालिका र युवायुवतीको आर्कषण रहेकोले यो खेलको भविष्य सुन्दर रहेको बताएका थिए ।

स्पीड स्केट च्याम्पियनसीप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय