+
+
Shares

सरकार, दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले राजनीतिक दल, सरकार र युवा पुस्ताका प्रतिनिधिसँग चार पक्षीय छलफल गर्ने तयारी गरेको छ।
  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको वातावरण बनाउन सबै पक्षसँग छलफल आवश्यक रहेको बताउनुभयो।
  • आयोगले निर्वाचन पूर्वतयारीमा सरकारको सहयोगप्रति धन्यवाद दिँदै स्रोतसाधन र सुरक्षामा महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेको छ।

३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, सरकार र जेनजीका प्रतिनिधिसँग एकसाथ छलफल गर्ने तयारी गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनको वातावरण बनाउन चार पक्षीय छलफल गर्न लागिएको हो ।

निर्वाचनको पूर्वतयारीका सम्बन्धमा निर्वाचन आयोगमा आइतबार छलफल थियो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सहभागी थिए । त्यसक्रममा भण्डारीले निर्वाचनको वातावरणका लागि आयोगले सबै पक्षका प्रतिनिधिसँग एकसाथ छलफल गर्ने तयारी भइरहेको बताए।

भण्डारीले निर्वाचन पूर्वतयारीको काममा सरकारले हालसम्म उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिँदै निर्वाचनको वातावरण निर्माण, स्रोतसाधनको व्यवस्था एवम् सुरक्षाको प्रबन्धमा महत्वपूर्ण भूमिकाको विश्वास व्यक्त गरे।

आइतबार नै आयोगले विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भविष्यमा निर्वाचनको वातावरण तयार गर्न निर्वाचन आयोगले राजनीतिक दल, नेपाल सरकार, युवा पुस्ताका प्रतिनिधि र निर्वाचन आयोगका बीचमा आयोजना गर्ने छलफल तथा अन्तर्क्रिया कार्यक्रममा समेत सहजीकरण गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

चार पक्षीय छलफलको मिति भने भण्डारीले खुलाएका छैनन् । निर्वाचनको मिति घोषणा भएदेखि नै आयोगले योजनावद्ध रूपमा निर्वाचनको पूर्वतयारीका कार्य गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?