+
+
Shares

हुम्लामा स्थानीयले श्रमदान मार्फत बनाए पुल

स्थानीयले श्रमदान गरेर तिलजुङ खोलामा पुल निर्माण गरेको नाम्खा गाउँपालिका–६ का दोर्जी लामाले जानकारी दिए ।

नरजन तामाङ नरजन तामाङ
२०८२ कात्तिक ३० गते २०:४८

३० कात्तिक, हुम्ला । हुम्लामा स्थानीयले श्रमदान गरेर पुल निर्माण गरेका छन् ।

गत १ जेठ राति हिमताल फुटेर आएको बाढीले नाम्खा गाउँपालिका–६ तिल गाउँस्थित तिलुजङ खोलाको काठे पुलमा क्षति पुर्‍याएको थियो ।

बाढीका कारण तिल गाउँका १८ घरधुरी विस्थापित भएका थिए । बाढीले पुलसहित निर्माणाधीन जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको थियो ।

स्थानीयले श्रमदान गरेर तिलजुङ खोलामा पुल निर्माण गरेको नाम्खा गाउँपालिका–६ का दोर्जी लामाले जानकारी दिए ।

पुलका लागि आवश्यक सामान चीनबाट ल्याउनका लागि विभिन्न संघसंस्थाले ५ लाख रुपैयाँ समेत सहयोग गरेको उनले बताए ।

उनले भने, ‘यो पुल बनाउन राज्यको कुनै लगानी परेको छैन । पुलका सामान खरिद ढुवानी लगायत १० लाख खर्च भएको छ ।’

गाउँमा एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न समस्या भएपछ स्थानीयले श्रमदान मार्फत पुल बनाएको उनको भनाइ छ ।

पुल बनेसँगै स्थानीयलाई आउजाउमा सहज भएको नाम्खा गाउँपालिका–६ कि पासनाङ डोल्कार लामाले बताइन् ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?