News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान' ले १६ दिनसम्म घरेलु बक्सअफिसमा १० करोडभन्दा बढी ग्रस कमाएको छ।
- फिल्मले २९ कात्तिकसम्म ९ करोड ८६ लाख नेरु ग्रस कमाएको छ।
- चलचित्र विकास बोर्डले फिल्मको औपचारिक कमाइ विवरण सार्वजनिक गरेको छैन।
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले १६ दिनसम्म घरेलु बक्सअफिसमा आक्रामक कमाइ गरेको छ ।
फिल्मले पछिल्लो शनिबार २९ कात्तिकसम्म सिनेपाः बक्सअफिसमा ९ करोड ८६ लाख नेरु ग्रस कमाएको छ ।
सोही अवधिसम्म फिल्मले ३ लाख ४७ हजार १७५ वटा टिकट विक्री गरेको छ ।
आइतबारको कमाइ जोड्दा फिल्मको कूल ग्रस १० करोड नाघेको छ । यद्यपी, यसबारे चलचित्र विकास बोर्डले औपचारिक विवरण बाहिर ल्याएको छैन ।
दीपक आचार्य काकु निर्देशित फिल्ममा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, पूजा चन्द लगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4