+
+
Shares

आश्माको कभर डान्स भिडियोलाई पाँच दिनमै साढे ७ करोड भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली डान्सर आश्मा विश्वकर्माले दक्षिण भारतीय फिल्म 'पेड्डी' को गीत 'चिक्री चिक्री' मा आधारित डान्सिङ भिडियो बनाएकी छिन्।
  • उनको भिडियो रिलिजको पाँचौ दिनसम्म फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा कुल ७ करोड ५५ लाख भ्यूज प्राप्त भएको छ।
  • बलिउड अभिनेत्री जान्ह्वी कपुरले पनि आश्माको भिडियो सेयर गरेकी छिन् र नेपाली तथा बलिउड सेलिब्रेटीले प्रशंसा गरिरहेका छन्।

काठमाडौं । एक दक्षिण भारतीय फिल्मको गीतमा ‘कभर डान्स भिडियो’ बनाएकी नेपाली डान्सर आश्मा विश्वकर्माले यतिबेला चौतर्फी चर्चा बटुलेकी छिन् । सामाजिक सञ्जालमा उनको भिडियोलाई उत्साहजनक भ्यूज मिलेको छ ।

रिलिजको पाँचौ दिन सोमबारसम्म फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा गरेर कूल ७ करोड ५५ लाख भ्यूज प्राप्त भएको छ । आश्माको करिअरमा पनि यो सर्वाधिक भ्यूज पाउने भिडियो हो ।

‘कार्टुन्ज क्रू’ नामक एक नृत्य समूहसँग आबद्ध आश्माले रामचरण स्टारर फिल्म ‘पेड्डी’ को गीत ‘चिक्री चिक्री’मा आधारित रहेर एक डान्सिङ भिडियो बनाएकी थिइन् ।

फेसबुकमा सोमबार दिउँसोसम्म २ करोड, इन्स्टाग्राममा २ करोड २४ लाख, टिकटकमा २ करोड २८ लाख र युट्युब सर्ट्समा १ करोड ३ लाख भ्यूज पुगेको छ । भ्यूजको यो गति उकालो लाग्ने क्रममा देखिन्छ ।

उनको भिडियोलाई ‘पेड्डी’ फेम्ड अभिनेत्री जान्ह्वी कपुरले पनि सेयर गरेकी थिइन् । बलिउड र नेपाली सेलिब्रेटीले पनि उनको भिडियोलाई प्रशंसा गरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?