News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले महिला कबड्डी विश्वकपको पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरी विजयी सुरुवात गरेको छ।
- महिला कबड्डी विश्वकपमा ११ टोली सहभागी छन् र दुई समूहमा विभाजन गरिएको छ।
- नेपालले दोस्रो खेलमा मंगलबार पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ र सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ।
१ मंसिर, काठमाडौं । आजदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात गरेको छ ।
पुल बी मा रहेको नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको हो । यसै पुल अन्तर्गत भएको अन्य खेलमा इरानले पोल्याण्डलाई ५५-११ तथा चाइनिज ताइपेईले केन्यालाई ३८-१५ ले हरायो ।
यस्तै पुल ए मा रहेको आयोजक बंगलादेशले युगान्डालाई ४२-२२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

महिला कबड्डी विश्वकपमा कूल ११ टोलीको सहभागिता रहेको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।
नेपालले आफ्नो दोस्रो खेल मंगलबार पोल्याण्डसँग खेल्नेछ ।
तस्बिर : बंगलादेश कबड्डी फेडेरेसन
प्रतिक्रिया 4