+

एएफसी एसियन कप छनोट : नेपालले आज मलेसियासँग खेल्दै

२०८२ मंसिर  २ गते ८:०४ २०८२ मंसिर २ गते ८:०४
एएफसी एसियन कप छनोट : नेपालले आज मलेसियासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले २ मंसिरमा मलेसियासँग क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा एसियन कप छनोट अन्तर्गत खेल्दैछ।
  • नेपालले एसियन कप छनोटमा चार खेलमा पराजित भइसकेको छ र यो मलेसियाविरुद्धको पाँचौं खेल हो।
  • पूर्व कप्तान हरि खड्का नेपाली टिमका अन्तरिम मुख्य प्रशिक्षक भएर एसियन कप छनोटमा डेब्यू गर्दैछन्।

२ मंसिर, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ ।

एसियन कप छनोट हुने होडबाट बाहिरिसकेको नेपालको यो पाँचौ खेल हुनेछ । यसअघि खेलेका चारै खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अयोग्य बन्दा नेपालले विपक्षीकै मैदानमा गएर खेल्न लागेको हो ।

नेपालले समूह एफको पहिलो खेल नै २०२५ मार्तमा मलेसिया विरुद्ध घरेलु मैदानमा खेल्ने तय थियो । त्यसबेला पनि दशरथ रंगशालमा एएफसी छनोट खेलाउन लायक नभएको भन्दै नेपाल र मलेसियाको होम म्याच स्वाप गर्ने गरी पहिलो खेल नेपालले मलेसियामा खेलेको थियो ।

त्यसपछि नेपालले अहिले हुन लागेको खेल घरेलु मैदानमा खेल्ने आशा थियो । तर पछिल्लो समय विभिन्न कारणले गर्दा दशरथ रंगशाला लगातार अयोग्य बन्दै जाँदा नेपालले यस पटक छनोटका कुनै पनि खेल घरेलु मैदानममा खेल्न पाएको छैन ।

यसअघि मलेसियामा भएको खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

नेपाली राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका पूर्व कप्तान हरि खड्का यस पटक नेपाली टिमको अन्तरिम मुख्य प्रशिक्षक छन् ।

उनको प्रशिक्षणमा नेपालले पाँच दिनअघि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । खड्काको प्रशिक्षण डेब्युमा नेपालले बंगलादेशसँग २-२ को बराबरी खेलेको थियो ।
एसियन कप छनोटमा खड्काले प्रशिक्षकको रुपमा यसै खेलबाट डेब्यू गर्दैछन् ।

एएफसी एसियन कप छनोट नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय