+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
124/2 (15.4)
Shares

तोलामा ३ हजार ८ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ छ दिनमा करिब ११ हजार रुपैयाँ घटेको छ र असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो।
  • चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँ घटेर ३०९० रुपैयाँ कायम भएको छ।

२ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

छ दिनमा सुनको भाउ तोलामा १० हजार ७ सय रुपैयाँ घटेको छ । कात्तिक २७ गते २ लाख ५० हजार २ सयमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०९० रुपैयाँमा कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?