+
सिद्धार्थ बैंक ओके एनपीएल बज :

सुदूरपश्चिमको टिम बलियो, काठमान्डुको तयारी राम्रो: ललित भण्डारी

२०८२ मंसिर  ३ गते १६:०५ २०८२ मंसिर ३ गते १६:०५

भण्डारीले टी-२० मा बिग स्कोर नहुँदा रमाइलो नहुने हुँदा पछिल्ला खेलमा ठूलो स्कोर बन्न थाल्दा त्यसले खेलमा रौनकता थपेको समेत बताए । उनले भने, ‘बिग स्कोर बन्दै जान्छ अब रमाइलो हुन्छ । १५०-६० को स्कोरले खेलमा रमाइलो हुनै थाल्यो ।’

सुदूरपश्चिमको टिम बलियो, काठमान्डुको तयारी राम्रो: ललित भण्डारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी ललितसिंह भण्डारीले सुदूरपश्चिम रोयल्स टिम बलियो रहेको बताएका छन्।
  • सुदूरपश्चिम रोयल्स र काठमान्डू गुर्खाजबीचको खेल आज साँझ ४ बजे हुँदैछ।
  • भण्डारीले सुदूरपश्चिमको फिल्डिङ बलियो र काठमान्डुको ब्याटिङ राम्रो रहेको बताए।

३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी ललितसिंह भण्डारीले सुदूरपश्चिम रोयल्स टिम बलियो भएको बताएका छन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले आज काठमान्डू गुर्खाज्‌सँग साँझ ४ बजे मैदानमा भिड्दैछ ।

अनलानखबर डटकमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा होस्ट विराटजंग रायमाझीसँगको संवादमा ललित भण्डारीले आज हुने सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजबीचको खेलको प्रिम्याचबारे कुरा गरेका हुन् । उनले साविक उपविजेता सुदूरपश्चिम रोयल्सको टिम यसपटक पनि बलियो रहेको बताए ।

भण्डारीले सुदूरपश्चिम ब्याटिङ र बलिङसहित फिल्डिङ पनि चुस्त रहेको बताए । ‘सुदूरपश्चिम सबै क्षेत्रमा राम्रो छ । फिल्डिङ सुदूरपश्चिमको बलियो पाटो छ । त्यो नै जितको आधार हो । क्रिस लिन र जोश ब्राउनले गर्दा पनि ब्याटिङ बलियो छ’, उनले भने ।

यस्तै काठमान्डुको पनि यस पटक टिम सन्तुलित भएको र राम्रो रहेको बताए । काठमान्डुको ब्याटिङ लाइनअप राम्रो रहेको उनले बताए । ‘काठमाडौं ब्याटिङ ले गर्दा सम्भावना बलिङ त्यति राम्रो छैन’, उनले भने ।

भण्डारीले टी-२० मा बिग स्कोर नहुँदा रमाइलो नहुने हुँदा पछिल्ला खेलमा ठूलो स्कोर बन्न थाल्दा त्यसले खेलमा रौनकता थपेको समेत बताए । उनले भने, ‘बिग स्कोर बन्दै जान्छ अब रमाइलो हुन्छ । १५०-६० को स्कोरले खेलमा रमाइलो हुनै थाल्यो ।’

एनपीएल दोस्रो संस्करणको सम्पूर्ण खेलको प्रत्येक बल बाई बलको अपडेट अनलाइनखबरले गरिरहेको छ । त्यसका लागि अनलाइनखबरको होमपेजमा गएपछि खेलकुद टाइटलमा क्लिक गर्नुपर्नेछ। त्यहाँ तपाईंले बल बाई बल अपडेट पाउनुहुनेछ। त्यसअलावा भिडियोलगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ।

सिद्धार्थ बैंक ओके एनपीएल बजमा भण्डारीले विराटजंग रायमाजीसँग आज हुने खेलबारे चर्चा गरेका छन् । आउनुहोस्, आजको खेलको प्रिम्याच प्रिभ्यूमा आजको खेलको समग्र विश्लेषण गरौं।

एनपीएल काठमान्डु गुर्खाज नेपाल प्रिमियम लिग सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय