+

हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य

२०८२ मंसिर  ३ गते १७:४५ २०८२ मंसिर ३ गते १७:४५

हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।

हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य

३ मंसिर, काठमाडौं । निर्धारित २० ओभरमा अलआउट हुँदै सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।

कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।

बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २-२ विकेट लिए ।

काठमान्डु गोर्खाजले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय