+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

जेनजी आन्दोलनपछि पहिलोपटक च्यासलमा एमाले सचिवालय बैठक

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १३:४२
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

४ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ उनले भने ।

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बसेको हो ।

च्यासल अहिले आंशिक सञ्चालनमा आएको छ ।

‘संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको छ । तर पार्टी सचिवालयको बैठक भने पहिलोपटक बस्न लागेको हो,’ गौतमले भने ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?