+
+
Shares
सिद्धार्थ बैंक ओके एनपीएल बज :

सुदूरपश्चिम र पोखराको खेलमा लिन र निसमको खेल हेर्नलायक हुनेछ : सोमेश यादव

यादवले आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने अनुमान व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी सोमेश यादवले नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्स टिम सन्तुलित र बलियो देखिएको बताएका छन्।
  • सुदूरपश्चिम र पोखरा एभेन्जर्सबीचको खेल ५ मंसिर दिउँसो ४ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।
  • यादवले पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने अनुमान व्यक्त गर्दै जिमी निसमको प्रदर्शन महत्वपूर्ण हुने बताए।

५ मंसिर, काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी सोमेश यादवले नेपाल प्रिमियर लिग (एनपीएल) मा यस पटक सुदूरपश्चिम रोयल्स टिम सन्तुलित र बलियो देखिएको बताएका छन् ।

अनलाइनखबर डटकमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा होस्ट विराटजंग रायमाझीसँगको कुराकानीमा यादवले आज हुने सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलको प्रिम्याचमा कुरा गर्दै उक्त भनाइ राखेका हुन् ।

सुदूरपश्चिम र पोखराबीचको खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

पूर्वखेलाडी यादवले सुदूरपश्चिमको टिम विदेशी खेलाडीमा मात्र निर्भर नरहेको र नेपाली खेलाडी पनि राम्रो रहेकोले सन्तुलित देखिएको बताएका हुन् ।

‘सुदूरपश्चिम ब्यालेन्स टिम देखिन्छ । नेपाली खेलाडी पनि राम्रो देखिएको छ । विदेशीमा मात्र निर्भर छैन त्यसैले फाइदा छ,’ यादवले भने, ‘आज क्रिस लिन चल्नुपर्छ । यदि उहाँ चल्नुभयो भने दर्शकलाई रमाइलो हुनेछ । छक्का हान्नुभयो भने त कहाँ पुग्ला !’

यादवले स्कग कुगेलेइन, हर्मित सिंहको प्रदर्शन राम्रो रहेको र नेपाली खेलाडीहरुले पनि राम्रो प्रदर्शन गरेको बताए ।

सुदूरपश्चिम र पोखराबीचको खेलमा क्रिस लिन र जिमी निसमको खेल हेर्न लायक हुने उनले बताए । अष्ट्रेलियन ब्याटर लिनले बिग बास लिगदेखि आईपीएलसम्म खेलिसकेका छन् । उनीहरूले लामो लामो छक्का प्रहार गर्नेछन् ।
यद्यपि यादवले आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने अनुमान व्यक्त गरेका छन् ।

‘मेरो भित्री मनले भने आज पोखराले सरप्राइज दिन्छजस्तो लाग्छ । त्यसका लागि पोखराको निसम चल्नुपर्छ । पहिलो खेलमा एक दिनअघि मात्र आएकोले होला ! यहाँ आउनुअघि न्युजिल्याण्डका लागि खेलिरहनुभएको थियो । आज उहाँको खेल महत्वपूर्ण हुनेछ’, उनले भने ।

पोखरा टप अर्डरदेखि ब्याटिङ राम्रो देखिएपनि बलिङमा केही सुधार गर्नुपर्ने यादवले बताए । यस्तै बेन्चमा रहेका अर्जुन कुमाल, विपिन खत्री लगायत खेलाडीहरु पनि मौकाको पर्खाईमा रहेको र अवसर पाए राम्रो खेल्न सक्ने उनको भनाइ छ ।

एनपीएल दोस्रो संस्करणको बल बाई बल अपडेटसहित ओके एनपीएल बजमार्फत खेलको सम्पूर्ण जानकारी, प्रिम्याच, पोष्ट म्याच विश्लेषणसहितको जानकारी दिँदै आएको छ ।

बल बाई बल अपडेटका लागि अनलाइनखबरको होमपेजमा गएपछि खेलकुद टाइटलमा क्लिक गर्नुपर्नेछ । त्यहाँ तपाईंले बल बाई बल अपडेट पाउनुहुनेछ। त्यसअलावा भिडियोलगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ।

आजको खेल कस्तो होला ? प्रतिस्पर्धी टिमका बलियो र कमजोर पक्ष के–के छन् ? प्लेइङ ११ मा को–को पर्लान् ? कुन टिमले कति स्कोर गर्ला ? कुन खेलाडीले कस्तो प्रदर्शन गर्ला ? जस्ता प्रश्नका सम्भावित उत्तर विज्ञहरूबाट खोज्नेछौं ।

आउनुहोस् पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल अघि यू१९ टिमका पूर्व खेलाडी सोमेश यादवले विराटजंग रायमाजीसँग गरेको चर्चा हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?