+
+
Shares

प्रधानमन्त्रीको नैतिकतामा सभामुखले उठाए प्रश्न

‘… आफैँले फैसलामार्फत असंवैधानिक र गलत करार गरिसकेको विषयलाई बेवास्ता गर्दै सुशीला कार्कीले अन्तरिम मन्त्रीपरिषद्को नेतृत्व गर्नु संवैधानिक, कानुनी र नैतिकरूपमा समेत नमिल्ने देखिन्छ,’ लिखित जवाफमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सुशीला कार्कीको नैतिकतामा प्रश्न उठाउँदै अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्।
  • सभामुख घिमिरेले कार्कीले मन्त्रीपरिषद्को नेतृत्व गर्नु संवैधानिक, कानुनी र नैतिकरूपमा नमिल्ने उल्लेख गर्दै पूर्वनिर्णयलाई बेवास्ता गरेको बताएका छन्।
  • घिमिरेले कार्कीले न्यायाधीशको पदमा रहेका बेला गरिएको संवैधानिक इजलासको फरक रायलाई बेवास्ता गर्दै अन्तरिम मन्त्रीपरिषद्को नेतृत्व गर्नु अनुचित ठहरिएको लिखित जवाफमा उल्लेख गरेका छन्।

५ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सुशीला कार्कीको नैतिकतामा प्रश्न उठाएका छन् ।

अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध विरुद्धको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै सभामुख घिमिरेले कार्कीले मन्त्रीपरिषद्को नेतृत्व गर्नु संवैधानिक, कानुनी र नैतिकरूपमा समेत नमिल्ने जिकिर गरेका हुन् ।

सभामुखले एकातिर प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा नखटाइने व्यवस्था देखाएका छन् ।‍

अर्कोतिर खिलराज रेग्मीलाई अन्तरिम मन्त्रीपरिषद्को अध्यक्ष बनाउने गरि राष्ट्रपतिद्वारा भएको बाधा अड्काउ फुकाउने आदेश विरुद्ध परेको रिटमा कार्की स्वयंले गरेको व्याख्या देखाएका छन् ।

रेग्मी नेतृत्वको मन्त्रिपरिषद् गठनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यसबेला पनि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिटको सुनुवाइ गरेको थियो ।

त्यसबेला सर्वोच्च अदातलको संवैधानिक इजलासमा रहेका तत्कालीन न्यायाधीश स्वयं सुशीला कार्की र तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले फरक राय राखेका थिए ।

जसमा उनीहरूले राजनैतिक आवश्यकताको रुपमा गरिएको रेग्मी नेतृत्वमा मन्त्रिपरिषद् गठनको कार्य संविधानवाद, शक्ति पृथकीकरणको वर्खिलाप हुनुका साथै स्वस्थ संवैधानिक विकासको लागि घातक र संवैधानिक पद्धतिको कार्यान्यवनको सिलसिलामा समेत अवाञ्छित हुने भनेका थिए ।

यी आधार प्रस्तुत गर्दै रेग्मीलाई अन्तरिम मन्त्रीपरिषद्को अध्यक्ष बनाउने गरि राष्ट्रपतिद्वारा भएको बाधा अड्काउ फुकाउने आदेशलाई असंवैधानिक ठहर गरेका थिए ।

यस्तो कार्य फेरी कुनै हालतमा दोहोरिन नपाउने गर्न/गराउन र त्यसतर्फ सबै सचेत रहन निर्देशनसहित विपक्षीहरू राष्ट्रपतिलगायत सबैमा आदेशको प्रतिलिपी पठाइदिने भनी फरक राय व्यक्त गरेका थिए ।

यी आधार देखाउँदै सभामुखले कार्कीले नैतिक रूपमा समेत मन्त्रिपरिषद्को नेतृत्व लिन नमिल्ने जिकिर गरेका हुन् ।

‘यसरी आँफैले फैसलामार्फत् असंवैधानिक र गलत करार गरिसकेको विषयलाई बेवास्ता गर्दै सुशीला कार्कीले अन्तरिम मन्त्रीपरिषद्को नेतृत्व गर्नु संवैधानिक, कानुनी र नैतिकरुपमा समेत नमिल्ने देखिन्छ,’ लिखित जवाफमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?