News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटमा आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच विहान पौने १२ बजे पहिलो खेल हुँदैछ।
- आज अपरान्ह ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच दोस्रो खेल हुनेछ जसमा सुदूरपश्चिम अपराजित छ।
- हालसम्म ८ खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स ४ अंकसहित शीर्ष स्थानमा छन् भने जनकपुर बोल्ट्स सातौं स्थानमा छ।
८ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बी’का रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे’ पनि भनिएको छ ।
आज पूर्वका दुई टिम- विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम- कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।
यी दुई टोली गत संस्करण उद्घाटन खेलमै भिडेका थिए । उक्त खेलमा जनकपुर ८ विकेटले विजयी भएको थियो ।
यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।
कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।
पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।
यस्तो छ अंकतालिका
एनपीएल २०२५ मा हालसम्म ८ खेल सम्पन्न भएका छन् । जनकपुरले १ खेल मात्र खेल्दा काठमान्डु गोर्खाजले ३ खेल खेलेको छ । बाँकी सबै टिमले २-२ खेल खेलेका छन् ।
हालसम्म २ खेल खेल्दा २ जित निकालेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । नेटरनरेटमा सुदूर अघि छ ।
२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स क्रमश: तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।
१ खेलमा १ हार बेहोरेको जनकपुर बोल्ट्स सातौं तथा २ खेलमा हार बेहोरेको पोखरा एभेन्जर्स आठौं स्थानमा छन् ।
प्रतिक्रिया 4