+
+
Shares
कुइनेटो– ३ :

च्याङ्फा–गोरु अर्थशास्त्र

नेपाल जस्ता मुलुक सुक्दै जाने र अरू कोही मौलाउँदै जाने । अचम्म थियो । विद्वान्हरूले यसैलाई नाम दिए कि, दलाल पूँजीवाद । दलाल पूँजीवाद । गोरु आउट र च्याङ्फा इन ।

नवीन विभास नवीन विभास
२०८२ मंसिर ९ गते ९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पा र दाङमा च्याङ्फाले गोरु खेदेर परम्परागत कृषि प्रणाली र गोरुको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ।
  • च्याङ्फा र डिजलको प्रयोगले नेपाली अर्थतन्त्रबाट विदेशी मुद्रा बाहिरिएको छ र पर्यावरणमा नकारात्मक प्रभाव परेको छ।
  • परिवार संरचना र व्यावसायिक खेतीको परिवर्तनले गोरुको महत्व घटाएको र च्याङ्फा पूँजीवादको विस्तार भएको छ।

खेतबारीमा च्याङ्फा पस्यो । च्याङ्फाले रोल्पा रुकुमबाट भल्द खेद्‌यो, दाङबाट बर्ढा। नेपालबाट गोरु खेद्‌यो । च्याङ्फाले गोरु खेद्‌यो । सायद केही वर्षभित्रै भकारा र खेतबारीबाट गोरु गायब हुनेछन् । च्याङ्फाले किन गोरु खेद्‌यो ? गोरु खेदेपछि के भयो ? दाङ रुकुममा ग्रामिण बस्तीमा जे देखियो, यहाँ उतार्ने प्रयास छ । प्रस्तुत छ-  अन्तिम भाग । 

पशु अधिकारको आँखाले रोल्पाका कम्दबाट भल्द विस्थापन र दाङका खेतबाट बर्ढा विस्थापन सुखद् थियो । भकाराबाट नै भल्द वा बर्ढा विस्थापन भने सुखद् थिएन । भल्द र च्याङ्फामा को मान्छे र पर्यावरणमैत्री हो ? यसलाई थाती राखेर अहिले भल्द र च्याङ्फा ‘अर्थशास्त्र’ अड्कलम है ।

गोरु–अर्थशास्त्र

कुनै बेला रोल्पामा भल्द विना र दाङमा बर्ढा विना बालीनाली लगाउने कल्पना हुँदैनथ्यो । भल्द वा बर्ढा किसानका अनिवार्य साथी थिए । त्यसैले हर घरधुरीले कम्तीमा एकहल भल्द वा बर्ढा पाल्थे । भकारामा बाँधिएका भल्द संख्या पनि घरमूलीको आर्थिक सम्पन्नता नाप्ने एउटा सूचक थियो । भल्द यति आधारभूत आवश्यकता थियो कि, हरेक परिवारले रिनधन गरेर भए पनि भल्द किन्थे । आफ्नै गाउँभित्र होस् कि गाउँबाहिर, किनबेच हुन्थ्यो । जिल्ला बाहिर पनि किनबेच हुन्थ्यो ।

रोल्पाका भल्द प्युठान र गुल्मीसम्म बिक्री हुन्थे । पूर्वी रोल्पा तथा सदरमुकाम लिबाङ वरपरका भल्दलाई खरिटेले लान्थे । कति खरिटे त रोल्पामा पढाउने प्युठानी शिक्षक पनि थिए (प्युठान घर भई रोल्पामा शिक्षण गरेका पूर्वशिक्षक डोरबहादुर खड्कासँगको कुराकानी) ।

नेपालभित्र हुने गोरु किनमेलले गाउँघरको अर्थतन्त्र चलायमान हुन्थ्यो ।

पूर्वी नेपालका खरिटेले बजार पुर्‍याएका गाईगोरु भारतसम्म पुग्थे । गाईगोरु नेपालबाट बाहिरिएपछि विदेशी धन पनि नेपाल भित्रिन्थ्यो ।

गोरुले नेपालभित्र अर्थतन्त्र सुचारु गर्ने मात्र होइन, बाहिरबाट विदेशी मुद्रा पनि नेपाल ल्याउँथ्यो ।

च्याङ्फा–अर्थशास्त्र

जैपामा १० घरधुरीको एउटा कृषि समूह थियो । जैपाका विभिन्न टोलमा तीन समूह थिए । र, प्रत्येक समूहलाई एकेकवटा भनेर सबैभन्दा पहिले जैपामा तीनवटा च्याङ्फा भित्रिएका थिए । प्रकाशको टोलमा अढाइ वर्षअघि पालिकाबाट पचास प्रतिशत अनुदानमा एउटा च्याङ्फा सत्तरी हजारमा आयो । कृषि समूहले एक लाखमा अर्को च्याङ्फा किनिसकेको थियो ।

गोरु यति आधारभूत आवश्यकता थियो कि, हरेक परिवारले रिनधन गरेर भए पनि किनेका हुन्थे 

जैपामा आफ्नो समूह बाहिरकाले च्याङ्फा जोते प्रतिघण्टा पाँच सय र समूहभित्रकाले जोते तीन सय तोकिएको थियो । प्रकाशले भने, ‘सरदर एक घरधुरीले एक सिजनमा पाँच हजार तिर्छन् ।’ दुई सिजनमा दस हजार । च्याङ्फालाई चाहिने डिजल जोताउने किसानले नै किन्थे । डिजल जैपामा प्रतिलिटर १७० रुपैयाँ थियो । एक लिटरले सरदर एक घण्टा जोत्थ्यो ।

च्याङ्फा किन्न होस् कि च्याङ्फाले खाने डिजल किन्न होस्, नेपाली धन नेपालबाट बाहिरिन्थ्यो । च्याङ्फाहरू कि चीनको थियो कि भारतको । च्याङ्फा र डिजल किनेको पैसा विदेश जान्थ्यो । नेपालसित न च्याङ्फा थियो न त च्याङ्फाको दाना डिजल ।

च्याङ्फाले जोत्दा नेपालबाट कति पैसा बाहिरिन्छ रु हिसाबकिताबको जिम्मा अर्थविद्हरूलाई दिऊँ । भन्नुहोला, च्याङ्फाले मान्छेको श्रमशक्ति र समय घटाएको हिसाब खै रु यो हिसाबकिताबको जिम्मा पनि अर्थविद्लाई नै दिऊँ । पर्यावरणमा च्याङ्फाले गरेको खति कति रु यो झन् सोचनीय हिसाबकिताब थियो । जो प्रत्येकले तत्काल गर्ने हिसाबकिताब थियो । यसको कारण थियो, पृथ्वीवासीले झेलिरहेको र अब झन् झेल्नुपर्ने ९शक्ति राष्ट्र र शक्तिशाली मानिसले गरेको प्रकृति दोहनका कारण० पर्यावरणमा परिरहेको नकारात्मक प्रभाव थियो ।

च्याङ्फालाई कल्ले ल्यायो ?

झन् परनिर्भर बनाउने च्याङ्फालाई गाउँघरसम्म नै कल्ले बोलायो ? गोरु खेद्न च्याङ्फालाई सघाउने को थिए रु एक घच्ची गफ्फा गरम् है ।

परिवार संरचना र जीवनपद्धतिमा बदलाव

संयुक्त परिवारको अभ्यास भत्के । न्युक्लियर परिवार बने । संयुक्त परिवार हुँदा कति घर गर्थे त कति गोठ । परिवार संरचना नै फेरिएपछि कसले घर गर्नु र कसले गोठ रु फेरिएको पारिवारिक संरचना पशुपालनमैत्री रहेन । खेतीमैत्री भएन ।

त्यस्तो बेला च्याङ्फा टुप्लुक्क आयो । त्यसपछि के भयो रु खेतीका लागि भल्द पाल्नु अनिवार्य भएन ।

संयुक्त परिवार हुँदा कति घर गर्थे त कति गोठ । परिवार संरचना नै फेरिएपछि कसले घर गर्नु र कसले गोठ ? फेरिएको पारिवारिक संरचना पशुपालनमैत्री रहेन । खेतीमैत्री भएन 

कुनै बेला रोल्पा, रुकुमका गाउँका किसान बिहान जुरुक्क उठेर घाँसपात गर्थे । मलको लागि सोत्तर सोहोरेर लिन्थे । घाँस काटेर ल्याउँथे । मेलापाते जीवनपद्धति थियो । लोग्ने मानिस कालापार (भारत) गए पनि खेती लाउन घर फर्कन्थे । बच्चाबच्चीको रेखदेख पाकाले गर्थे । अहिले ? कालापार तन्केर साउदी अरब, मलेसिया पुगेको थियो । जसलाई रोल्पा, रुकुमका गाउँघरमा ‘विदेशी’ भन्थे ।

रोल्पाको सन्दर्भमा विदेशीका पत्नीहरू बच्चा पढाउन भन्दै नजिकको बजार स्यान्गार वा घर्तीगाउँ वा लिबाङ वा घोराही झरे । गाउँमा बूढाबूढी मात्र बचे । फेरिएको जीवनपद्धति भल्दमैत्री थिएन । यही मौका छोपेर च्याङ्फाले गोरु खेद्‌यो

व्यावसायिकता, आधुनिकीकरण र प्रविधि

चलनचल्तीको निर्वाहमुखी कृषि उत्पादन फेरियो । भनियो, व्यावसायिक खेती । चल्दैआएको ‘सिस्टर क्रपिङ’बाट मनग्य उत्पादन भएन । माटो र पर्यावरणमैत्री हाम्रो उत्पादन प्रणालीले बढी उत्पादन गरेन भनेर किसान ‘व्यावसायिक खेती’तिर तानिए । व्यावसायिक खेतीको फेर समाएर च्याङ्फा आयो । गोरु गायब भयो ।

दलाल पूँजीवाद

च्याङ्फा र च्याङ्फाको दाना डिजल दुवै नेपालमा थिएन । तर, कसरी गोरु खेदेर च्याङ्फा नेपालमा मौलायो रु बुझिनसक्नु यो थियो । सम्झिनसक्नु यो थियो । को मौलाएर नेपालमा च्याङ्फा मौलायो रु च्याङ्फासँग को मौलायो रु नेपाल जस्ता मुलुक सुक्दै जाने र अरू कोही मौलाउँदै जाने । अचम्म थियो । विद्वान्हरूले यसैलाई नाम दिए कि, दलाल पूँजीवाद । दलाल पूँजीवाद । गोरु आउट र च्याङ्फा इन ।

च्याङ्फाले डाकेको रासायनिक मल र विषादी

च्याङ्फाले नेपालमा सुदूर कुनाकुनासम्म रासायनिक मल र विषादी विस्तार गर्‍यो । यसको मूल कारण थियो, कृषि आधुनिकीकरण । व्यावसायिक खेती । सरकारले कृषि आधुनिकीकरण भन्यो । व्यावसायिक खेती भन्यो । विकासे मल हाल्न भन्यो । च्याङ्फा भित्र्यायो । विषादी भित्र्यायो । व्यावसायिक खेतीका लागि रासायनिक मल र विषादी हाल्न भन्यो ।

एकातिर च्याङ्फा, डिजल, रासायनिक मल र विषादीले नेपालको पैसा बाहिरियो । मानिस र माटोको मात्र होइन, सिंगो पर्यावरणको स्वास्थ्य अस्वस्थ भयो ।

प्रेम गुन्युँ, गादा, चोलो लगाएर जोतिरहेकी थिइन् । जोतिरहेको भिडियो हेरेर रोल्पाका लेखक क्षितिज मगरले कमेन्ट लेखे, ‘लुँगी, चुन्नी र बर्को ओढेर जोत्नु खतरा रहेछ । रोल्पाकै बाजाबाङमा यस्तो गोरुले ज्यानै लिएको छ ।’ त्यो दुर्घटनाले रोमानियामा रहेका प्रेमपति पञ्चरामलाई झस्कायो । उनले पनि लेखे, ‘जोत्ने महिलाले अलि ख्याल गरेर जोत्नु है, यो गोरुले ज्यानै लिएको छ ।’

माटो र पर्यावरणमैत्री हाम्रो उत्पादन प्रणालीले बढी उत्पादन गरेन भनेर किसान ‘व्यावसायिक खेती’तिर तानिए । व्यावसायिक खेतीको फेर समाएर च्याङ्फा आयो । गोरु गायब भयो ।

मगरले सचेत गराएको बाजाबाङको घटना गत २१ गतेको थियो । रोल्पा नगरपालिका वडा नं। ५ की भिमली महरा९४४०ले च्याङ्फा जोत्दा ज्यान गुमाइन् भने महरापति यज्ञबहादुर गम्भीर घाइते भए ९शिक्षक भूपबहादुर केसीसँगको कुराकानी० । शिक्षक केसीका साथी यज्ञ शिक्षक थिए, विमली गृहिणी ।

च्याङ्फाले नजोत्ने नै हो त ?

रोल्पा जैपाका प्रेमकुमारी, प्रकाश, दाङ बर्गद्दीका किरिमचाली, दुर्गी, गुलरियाका हिरालाल र चौघेराका क्वाँरीका खेतबारी र कम्द पसेका च्याङ्फा त च्याङ्फा थिएन । टेक्टर थिएन । च्याङ्फा पूँजीवाद थियो । च्याङ्फा पूँजीवाद । जो नेपालको अर्थतन्त्रमैत्री छैन । समग्रमा पर्यावरणमैत्री छैन ।

तपाईं भन्नुहोला, भल्द वा बर्ढा वा गोरुले नै जोत्ने रु च्याङ्फाले नि जोत्ने तर, ‘कम्तीमा’ भल्द वा बर्ढा वा गोरुले जोगाएको अर्थतन्त्र जोगाउने च्याङ्फाले जोत्ने हो । ‘कम्तीमा’ भल्द वा बर्ढा वा गोरुले जोगाएको पर्यावरण जोगाउने च्याङ्फाले जोत्ने हो ।

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?