+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
79/5 (13.3)
Shares

डा.मंगल रावलले चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

८ मंसिर, काठमाडौं । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको निर्वाचन आगामी माघमा हुँदैछ । उक्त निर्वाचनका लागि चिकित्सकहरूले आ-आफ्नो तयारी थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

डा.रावलले आइतबार उम्मेदवारी घोषणा गरेका हुन् । कर्णाली र देशैभरिको चिकित्सा शिक्षा, सेवा र अनुसन्धानमा लामो समयदेखि संलग्न हुँदै आएको अनुभवका आधारमा अध्यक्ष पदको दावी प्रस्तुत गरेको डा.रावलले बताएका छन् ।

जुनसुकै विचारधारा, भूगोल वा पृष्ठभूमिबाट आएको भए पनि बिगतमा उल्लेखनीय योगदान पुर्‍याएका तथा भविष्यमा अझ ठूलो योगदान दिन सक्ने क्षमता भएका चिकित्सकलाई संघको टिममा जोड्नुपर्ने मत उनले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?