८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरू राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् ।
लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनको नेतृत्वमा उनीहरू राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपतिको सचिवालयले कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका पादाधिकारी र अन्य नेताहरू भेटघाटका लागि शीतलनिवास पुगेका जनाएको छ ।
‘विशेष कि नियमित भन्नेबारे थाहा भएन । तर, लुम्बिनी प्रदेश कार्यसमितिमा रहेका कांग्रेसका नेताहरूले भेट्न खोज्नुभएको थियो,’ सचिवालय स्रोतले भन्यो, ‘आज उहाँहरूसँगै लुम्बिनीका केही नेताहरू आउनुभएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4