News Summary
Generated by OK AI. Editorially reviewed.- चेल्सीले युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनालाई ३-० ले पराजित गरेको छ।
- खेलमा बार्सिलोनाका रोनाल्ड अराउजोले दोहोरो पहेंलो कार्ड पाउँदा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
- चेल्सीका इस्तिभाओ र लियाम डेलापले १-१ गोल गरे भने बार्सिलोनाका जुलियस कुन्डेको आत्मघाती गोलले जित सुनिश्चित भयो।
१० मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो ।
चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो ।
पहिलो हाफको २७औं मिनेटमा बक्सभित्रैको बल क्लियर गर्ने प्रयासमा कुन्डेबाट आत्मघाती गोल भएको थियो र चेल्सीले १-० को अग्रता लियो ।
खेलको ४४औं मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो ।
दोस्रो हाफको ५५औं मिनेटमा रिस जेम्सको एसिस्टमा इस्तिभाओले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
७३औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा डेलापले राम्रो फिनिस गर्दै चेल्सीको अग्रता अझै बढाए र चेल्सी ३-० ले विजयी भयो ।
जितपछि ५ खेलमा १० अंक भएको चेल्सी च्याम्पियन्स लिग अंकतालिकाको पाँचौं स्थानमा छ भने ७ अंक भएको बार्सिलोना १५औं स्थानमा छ ।
प्रतिक्रिया 4