News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बारा र पर्सामा गरी ५० हजार नयाँ मतदाता थपिएका छन्।
- बारामा २४ हजार ८ सय ७० र पर्सामा २६ हजार ३४ नयाँ मतदाता थपिएका छन् भने बायोमेट्रिक गरी विवरण पेश गर्ने संख्या उल्लेख गरिएको छ।
- मतदाता विवरण रुजु गर्ने कार्य मंसिर २१ गतेबाट सुरु हुने र अन्तिम नामावली प्रकाशनमा थपघट हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ।
१० मंसिर, बारा। प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बारा र पर्सामा गरी ५० हजार नयाँ मतदाता थपिएका छन्।
बारा र पर्साका जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार बारामा २४ हजार र पर्सामा २६ हजार नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय बाराका सूचना अधिकारी मुकेशकुमार सिंहका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता अद्यावधिक गर्न तोकिएको समय मंसिर ५ गतेसम्म जिल्लामा २४ हजार ८ सय ७० मतदाता थपिएका छन्।
थपिएका मतदाता मध्य जिल्ला निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भएर मतदाता नामावलीमा बायोमेट्रिक गर्ने १० हजार ९ सय ६२ जना छन् भने १३ हजार ९ सय ८ जनाले राष्ट्रिय परिचयपत्र मार्फत आफ्नो विवरण पेश गरेका छन्।
नयाँ थपिएका मतदाताहरुको विवरण रुजु गर्ने कार्य मंसिर २१ ग्तेबाट शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन आयोगबाट मतदाताको अन्तिम नामावली प्रकाशन हुँदा हाल थपिएको संख्या थपघट हुन सक्ने सूचना अधिकारी सिंहले बताए।
‘हामीकहाँ दर्ता भएका मध्य कतिपय बाहीरका जिल्लाका हुनसक्छन् त्यो रुजु गर्न बाँकी छ, त्यस्तै अन्य जिल्लामा नाम दर्ता गराएको पनि जिल्लामा आउन सक्छ’ सूचना अधिकारी सिंहले भने।
यस्तै जिल्ला निर्वाचन कार्यालय पर्साका सूचना अधिकारी अरुण कुमार ठाकुरका अनुसार पर्सामा २६ हजार ३४ नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय पर्सामा भौतिक रुपमा उपस्थित भएर बायोमेट्रिक गर्ने १५ हजार ४५ जना छन् भने १० हजार ९ सय ८९ जनाले राष्ट्रिय परिचयपत्रबाट आफ्नो विवरण अद्यावधिक गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय पर्साबाट मतदाता नामावली अद्यावधिक गर्ने मध्य ७ सय २७ जना अन्य जिल्लाका रहेको सूचना अधिकारी ठाकुरले बताए।
प्रतिक्रिया 4