+
+
WC Series
जनकपुर बोल्ट्स 2025
29/4 (4.6)
VS
९० बलमा १२७ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

अरूलाई भन्दा धेरै जाडो लाग्छ ? हुनसक्छ यी पौष्टिक तत्वको कमी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शरीर नतात्न र जाडो महसुस हुनुमा आइरन, भिटामिन बी१२ र थाइराइड हर्मोनको कमी मुख्य कारण हुनसक्छ।

अहिले जाडोको समय छ । एउटै तापक्रममा रहँदा र उस्तै खालका कपडा लगाएको अवस्थामा पनि कसैलाई बढी र कसैलाई कम जाडो महसुस भइरहेको हुनसक्छ । जाडोको समयमा कसै–कसैको शरीर तथा हातखुट्टा हत्तपत्त नतात्ने, चिसो भइरहने समस्या हुन्छ ।

यसो हुनुमा विभिन्न कारण हुनसक्छन् । त्यसमा एउटा कारणमा शरीरमा कुनै पोषक तत्व तथा हर्मोनको कमीले पनि हुनसक्छ । दैनिकी तथा खानपानमा ध्यान दिएर त्यो समस्यालाई निराकरण गर्न सकिन्छ ।

आइरन

शरीर नतात्नु, जाडो महसुस भइरहनुको एउटा कारणमा आइरनको कमी हुनसक्छ । शरीरमा आइरनको कमी भएमा जाडोको अनुभव धेरै हुन्छ । आइरनको कमी हुँदा रगतमा अक्सिजनको आपूर्ति कम हुन जान्छ । रगतमा अक्सिजनको आपूर्ति कम हुँदा शरीरको मेटाबोलिज्म सुस्त हुन जान्छ । मेटाबोलिज्म सुस्त हुँदा शरीरमा तापक्रमको उत्पादन कम हुन्छ । यसरी शरीरको भित्री तापक्रममा कमी हुँदा धेरै जाडो महसुस हुन्छ ।

रगतमा अक्सिजनको आपूर्ति कम हुँदा श्वास फेर्ने गाह्रो हुने, बढी थकाइ लाग्ने समस्या पनि हुन्छ ।

आइरनको पूर्तिका लागि हामीले खाने खानमा आइनयुक्त खानेकुरा समावेश गर्नुपर्छ ।

आइरन पाइने खानेकुरा

हरियो सागपाते, मासु, अण्डा, केरा, चुकन्दर, पालुंगो, दुग्ध उत्पादन, तोफु, दाल आदि

भिटामिन बी१२

भिटामिन बी१२ ले शरीरमा रगत बनाउन र रगतमा अक्सिजनको प्रवाह गर्न अहम भूमिका खेल्छ । भिटामिन बी१२ को कमीले पनि शरीरमा तापक्रम उत्पादन हुने क्षमता कम हुन्छ । यसकारण भिटामिन बी१२ को कमी हुँदा हातखुट्टा चिसो भइरहने समस्या हुन्छ । यसको कमीले शरीर झमझमाउने, थकाइ लाग्ने, सामान्य कुराहरू समेत भुल्ने समस्या पनि हुन्छ ।

यसबाट बच्न भिटामिन बी१२ युक्त खानेकुरा खानुपर्छ ।

भिटामिन बी१२ पाइने खानेकुरा

माछा, मासु, अण्डा, दूध, दही, पनिर, चीज, टुसा उमारेको गेडागुडी

थाइराइड हर्मोनको कमी

थाइराइड हर्मोनको कमी अर्थात हाइपोथाइराइडिज्मको समस्यामा भएका व्यक्तिलाई पनि अचानक शरीर चिसो हुने समस्या हुनसक्छ । थाइराइड हर्मोनले शरीरको मेटाबोलिज्मलाई नियन्त्रण गर्दछ । यो कमी हुँदा शरीरको तापक्रम उत्पादनमा कमी हुन्छ र चिसोको महसुस धेरै हुन्छ । थाइराइड हर्मोनको कमीले शरीरको तौल बढ्ने, कपाल झर्ने जस्ता समस्या पनि देखिन्छ ।

थाइराइड हर्मोन वृद्धिका लागि खानामा माछा, दही, नट्स, आयोडिनयुक्त नुन, कोदोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ ।

यदि सामान्य भन्दा ज्यादा नै जाडो महसुस हुन्छ भने यसलाई सामान्य रूपमा लिनु हुँदैन । खानपानमा सुधार गर्ने, शारीरिक गतिविधि बढाउने गर्नुपर्छ । आइरन, भिटामिन बी१२, थाइराइड लगायतको कमी हो कि होइन भनी पत्ता लगाउन जाँच गरेर हेर्दा राम्रो हुन्छ ।

यदि शरीरमा यस्ता पौष्टिक तत्वको कमी देखिएमा ती तत्व पाइने खानेकुरामा जोड दिनुपर्छ ।

चिकित्सक तथा आहारविदको सल्लाहमा खानपान सुधार गर्ने र यदि आवश्यक परेमा आहार पूरकहरूको सेवन पनि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?